काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक बढेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक ३२.४३ अंकले बढेर १९६५.९८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २३३ कम्पनीको ४२ लाख २३ हजार ८ सय ६७ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब २ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ४५ करोड ४ लाख ७ हजार १ सय १९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी आइतबारको सेयर बजारमा डिप्रोक्स लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ८ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा जीवन विकास लघुवित्त वित्तिय संस्था, कुमारी बैंक लिमिटेड, ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड, नेस्डो सम्वृद्ध लघुवित्त वित्तिय संस्था र सीइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ४५ करोड ४ लाख ७ हजार १ सय १९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक लिमिटेड, नेपाल दुरसंचार कम्पनी, शिवम् सिमेन्ट, नेस्डो सम्वृद्ध लघुवित्त वित्तिय संस्था र हिमालयन एभरेस्ट इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा एनएमबि हाइब्रिड फण्ड एल-१ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ३ प्रतिशत भन्दा धेरैले घटेको हो । एनएमबि हाइब्रिडको सेयरमा यस्तो गिरावट आउँदा प्रभु सेलेक्ट फण्ड, एनआइसी एशिया ब्यालेन्स फण्ड, १०.२५ % केबिएल डिबेञ्चर २०८६, ८.५% लक्ष्मी बैंक डेबेञ्चर २०८८ र सनराइज ब्लुचिप फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्