×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लघुवित्त संस्थाहरुको कर्जामा लगाइएको १५ प्रतिशतको क्याप हट्यो, माघदेखि अनिवार्य बेस रेट प्रकाशित गर्नुपर्ने

PRIME CA

लघुवित्त संस्थाहरुको कर्जामा लगाइएको १५ प्रतिशतको क्याप हट्यो, माघदेखि अनिवार्य बेस रेट प्रकाशित गर्नुपर्ने

१२ मंसिर २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुको कर्जामा लगाईएको १५ प्रतिशतको क्याप हट्ने भएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा गर्दै नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुमा लगाइएको १५ प्रतिशतको क्याप हटाउँदै आधार दर (बेस रेट) लागु गर्ने जनाएको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समिक्षाका अनुसार लघुवित्त संस्थाहरुले आगामी माघदेखि अनिवार्य रुपमा बेसरेट प्रकाशित गर्नुपर्ने व्यवस्था गरेको छ ।

हाल लघुवित्त संस्थाले कर्जामा अधिकतम १५ प्रतिशतको क्याप लगाएको छ । उक्त ब्याजदर कयापदले लघुवित्त संस्था घाटामा गएको भन्दै बेसरेट लाघु गरि प्रिमियम तोक्नुपर्ने माग लघुवित्तकर्मीहरुले गर्दै आएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: