×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेले आदर्श लघुवित्तको सेयर कारोबार फुकुवा गर्यो

PRIME CA

नेप्सेले आदर्श लघुवित्तको सेयर कारोबार फुकुवा गर्यो

१५ मंसिर २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा भएको छ । डिप्रोक्स लघुवित्तले प्राप्ती गर्ने भएपछि असोज १४ गतेदेखि रोक्का रहेको आदर्श अघुवित्तको कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले फुकुवा गरेको हो ।

‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका’ अनुसार आदर्श लघुवित्तले कारोबार फुकुवा गर्न भन्दै मंसिर ११ गते नेप्सेमा पत्र पठाएको थियो । सोही अनुसार लघुवित्तको कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । कारोबार फुकुवा भएसँगै संस्थाको सेयर बिहीबारदेखि किनबेच गर्न सकिने भएको छ ।

डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्त वित्तीय संस्थाले असोज १४ गते प्राप्ती सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: