×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मर्जर प्रक्रियामा रहेको सानिमा लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मर्जर प्रक्रियामा रहेको सानिमा लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

Artha Sarokar

२१ मंसिर २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार फुकुवा भएको छ ।

नेपाल स्टक एक्चेन्ज (नेप्से) ले सानिमाका आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । अव आइतबार मंसिर २५ गतेदेखि इन्स्योरेन्सको सेयर कारोबार पुनः सुरु हुने भएको छ ।

रिलायन्स लाइफ इन्सुरेन्ससँग मर्जर प्रक्रियामा रहेको सानिमाको गत असार २९ गतेदेखि सेयर कारोबार रोक्का रहेको छ । सानिमा र रिलायन्सले असार २९ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

हाल सानिमा लाइफको २ अर्ब ८ करोड ४० लाख रुपैयाँ र रिलायन्स लाइफको २ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी