काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नीतिमा हस्तक्षेप गर्नुपर्ने माग गरिरहेको निजी क्षेत्रप्रति असन्तुष्टी जनाएका छन् । आर्थिक पत्रकार संघ (नाफिज)को १३औँ वार्षिक साधारणसभा एवम् छैठौँ महासभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले सम्भावित असरको अनुमान नै नगरी निजि क्षेत्रले गरेको हस्तक्षेपले थप विकृति ल्याउने भन्दै असन्तुष्टी व्यक्त गरेका हुन् ।
राष्ट्र बैंकको हस्तक्षेपकारी भूमिका खोस्दा झनै विकृति आउने भन्दै त्यसो नगर्न गभर्नर अधिकारीले सुभाव दिएका छन् । ‘अहिलेको समस्या हिजोको विकृतिले निम्त्याएको हो’, गभर्नर अधिकारीले भने, ‘बजार र वित्तीय क्षेत्रमा रहेको विकृतिहरुलाई अफ्ठ्यारो बेलामा सुधार्नु हुँदैन भन्न थाल्यो भने त्यो सुधार कहिल्यै पनि हुँदैन ।’
कोरोना महामारी र अर्थतन्त्रमा देखिएको समस्याका कारण निजी क्षेत्र प्रताडित बनेको गभर्नर अधिकारीको भनाई छ । ‘यो परिस्थितिमा बढेको ब्याजदर सहनुपर्छ’, उनले भने, ‘अहिले बढेको ब्याज कुनै एक बिन्दुमा पुगेर घट्छ । यो नेपालको मात्र होइन संसारभरकै समस्या हो ।’ योसँगै गभर्नर अधिकारीले सरकारले आन्तरिक ऋण उठाउन लागेको, केही पुर्नकर्जाको परिपक्व अवधि सकिन लागेको र आर्थिक वर्षको दोस्रो त्रैमास भएकाले करमार्फत केही रकम सरकारी खातामा जाने लगायतका कारण पुस महिनामा तरलता अवस्था दबादमा पर्ने बताएका छन् ।
त्यस्तै गभर्नर अधिकारीले पछिल्लो समय बजारमा तरलता सुध्रिदै गएको दाबी गरेका छन् । ‘दुई हप्ता अघिसम्म अन्तर बैंक दर साढे ८ प्रतिशत सम्म चलिरहेको थियो । जुन हाम्रो पोलिसी रेटको माथिल्लो सिमा हो’, उनले भने, ‘तर, अहिले अन्तर बैंक दर ६.७६ प्रतिशतमा झरेको छ । अर्थात, बजारमा तरलता भित्रभित्रै सुध्रिदै छ ।’ तर, पुस महिना दबाबमा पर्न सक्ने चुनौती रहेको गभर्नर अधिकारीको भनाई रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्