Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य ३ हजारले बढ्यो, तोलाको कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३ हजार रुपैयाँले बढेर २ लाख ८१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला ३९९५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४१ हजार ३ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३४२५ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK