काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले आफ्नो कार्यकालमा पहिलाको तुलनामा राम्रो काम गर्ने प्रतिबद्धता गरेका छन् । नेपाल पूँजी बजार लगानीकर्ता संघका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
अर्थमन्त्री पौडेलले हिजोका दिनमा भन्दा आगामी दिनमा आफ्नो कार्यशैली अझ फरक रहने दाबी गरेको संघकी अध्यक्ष राधा पोखरेलले बताएकी छिन् । ‘हामी उहाँलाई बधाई दिन उहाँकै निवासमा गएका थियौँ’, उनले भनिन्, ‘अर्थमन्त्रीले ज्यूले विगतमा भन्दा अझै राम्रो काम गर्ने प्रतिवद्धता गर्नुभएको छ ।’
पोखरेलका अनुसार यसपटक अर्थमन्त्री पौडेल नेपाली पूँजी बजारप्रति निकै सकारात्मक देखिएका छन् । ‘उहाँसँग देशको अर्थतन्त्र र विशेष गरी सेयर बजारको विषयमा गहन रुपमा छलफल समेत भयो’, पोखरेलले भनिन्, ‘अर्थमन्त्री ज्यूले आफ्नो कार्यकालभरी सेयर लगानीकर्तालाई हानी हुने काम गर्दिन भन्नुभएको छ ।’
यसो त यसअघि पौडेलकै कार्यकालमा पूँजी बजारले फड्को मारेको थियो । त्यस्तै, यसपटक पनि अर्थमन्त्रीका रुपमा विष्णु पौडेलको नियुक्तिसँगै सेयर बजारमा रौनकता देखिएको छ, यसर्थ यसपाली पनि अर्थमन्त्री पौडेलकै कार्यकालमा सेयर बजारले आकर्षक उचाई तय गर्ने नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष पोखरलेलले विश्वास व्यक्त गरेकी छिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्