काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ०६ घर भई हाल काठमाडौंको पेप्सीकोलामा बस्ने ४२ वर्षीय बद्रि बोहोरा पक्राउ परेका हुन् ।
उच्च अदालत पाटले मिति २०७९/८/१८ गते ४ दिन कैद, ११ लाख ६० हजार जरिवाना र ४६ हजार ४ सय क्षेतिपुर्ति भराउने फैसला भई बोहोरा फरार रहेका थिए । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले उनलाई पेप्सीकोलाबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका बोहोरालाई थप अनुसन्धान तथा कारवाहीकालागि ललितपुर जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।