काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ‘एनआईबिएल म्युचुअल फण्ड’अन्तर्गत सञ्चालन हुने पाँचौँ योजना ‘एनआईबिएल ग्रोथ फण्ड’ को सार्वजनिक निष्काशन पुस ७ गतेबाट खुला भई पुस २१ बाट बिक्री बन्द भएको छ।
सार्वजनिक निष्कासन अवधिभरमा यस योजनामा ४५ लाख ८३३ जना विभिन्न संस्था तथा सर्वसाधारण लगानीकर्ताबाट कुल १ अर्ब ३२ करोडभन्दा बढीको इकाइ खरिदका लागि आवेदन परेको छ ।
वर्तमान तरलताको अवस्था साथै समग्र आर्थिक तथा पुँजी बजारको गतिविधिहरुमा देखिएको सुस्तताका बाबजुद यस योजनामा आमलगानीकर्ताहरुको उत्साह प्रदक सहभागिता देखिएको छ । जुन प्रकारको उत्साह यसअघि हालै निष्कासित केही फन्डका योजनाहरुमा देख्न पाइएको थिएन । जसको प्रमुख कारणका रुपमा ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत हाल सञ्चालित योजनाहरुले आफ्ना इकाइधनीहरुलाई निरन्तर रुपमा प्रदान गरिरहेको प्रतिफलकाबीच लगानीकर्तामा यस फण्डका योजनाहरुप्रति स्थापित उच्च विश्वास रहेको पाइएको छ ।
दशवर्षे समयावधिका लागि जारी गरिएको ‘एनआईबिएल ग्रोथ फन्ड’का इकाइहरु नेपाल स्टक एक्सचेन्जमा उक्त समयावधिसम्म सूचीकृत भई दोस्रो बजारमा कारोबार गर्न सकिने जानकारी योजना व्यवस्थापकले गरेको छ ।