काठमाडौं । वैदेशिक रोजगारीका लागी फिनल्याण्ड पठाइदिने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला म्याग्दी मालिका गाउँपालिका वडा नं १ घर भई हाल काठमाडौंको जोरपाटीमा बस्ने २६ वर्षीय मनिषा पुन पक्राउ परेकी हुन् ।
सामाजिक संजाल फेसबुक, इमो र ह्वाट्सएपको दुरुपयोग गरी फिनल्याण्डमा आकर्षक तलब सुबिधाको रोजगारी मिलाइदिने भन्दै पिडितबाट रकम ठगी गरेको प्रहरीले जनाएको छ । पुनले जब अफर लेटर, वोर्क पर्मिट जस्ता कागजातहरु अनलाइन मार्फत पठाई पिडितहरुलाई मेडिकलको लागी काठमाडौं समेत बोलाई विश्वास दिलाई रकम ठगी गरेको पिडितहरुले बताएका छन् ।
उनले फिल्याण्ड जान प्रति व्यक्ति ५ लाख रकम लाग्ने भन्दै पटक पटक गरी ७ लाख रकम ठगी गरी सम्पर्क बिहिन भएको प्रहरीले जनाएको छ । म्याग्दी घर भएकी पुनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले पुस २२ गते पक्राउ गरेको हो । पक्राउ परेकी पुनलाई थप अनुसन्धान तथा आवश्यक कार्वाहिका लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।