×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भ्रष्टाचारले गिजोलेको कृषि विकास बैंक चरम घाटामा, ईपीएस ऋणात्मक हुँदा लगानीकर्ता हिस्स, निष्क्रिय कर्जाले नेटो काट्यो !

PRIME CA

भ्रष्टाचारले गिजोलेको कृषि विकास बैंक चरम घाटामा, ईपीएस ऋणात्मक हुँदा लगानीकर्ता हिस्स, निष्क्रिय कर्जाले नेटो काट्यो !

अर्थ सरोकार

७ माघ २०७९, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । विभिन्न समयमा विवादित बन्दै आएको कृषि विकास बैंक चरम घाटामा देखिएको छ । केही दिन अघिमात्रै भित्रभित्रै भ्रष्टाचार मौलाएको खबर बाहिरिएको कृषि विकास बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा अस्वभाविक घाटामा देखिएको हो ।

बैंकले दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै १२ करोड ८९ लाख रुपैयाँ घाटामा रहेको देखाएको छ । गत वर्षको सोही अवधिमा १ अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको कृषि विकास बैंकले यसवर्ष भने ठूलो घाटा बोहोरेको हो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । यो सँगै बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ११ करोड १५ लाख रुपैयाँ सञ्चालन घाटा बेहोरेको छ भने गत वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानीमा गिरावट देखिएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको निस्क्रिय कर्जाले पनि नेटो काटेको छ । समिक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर ४.५२ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिसम्म एनपीएल २.०८ प्रतिशतमा सीमित रहेको थियो। यो हिसाबले एनपीएल ११७.३१ प्रतिशतले बढेको छ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कृषि विकास बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ऋणात्मक देखिएको छ । समिक्षा अवधिमा बैंकको ईपीएस ४ रुपैयाँ ४३ पैसाले घटेको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ ८२ पैसा रहेको छ भने तरलता अनुपात २४.१० प्रतिशत रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: