काठमाडौं । साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १०.३७ अंकले बढेर २१८३.६२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २६१ कम्पनीको ९५ लाख ३२ हजार ८ सय ६७ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४६ करोडमाथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको १० करोड १४ लाख ८६ हजार ९ सय ६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बुधबारको सेयर बजारमा ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा आदर्श लघुवित्त वित्तिय संस्था, सानिमा जीआइसी इन्स्योरेन्स, सुर्यज्योति लाइफ इन्स्योरेन्स, बलेफी हाइड्रोपावर र बाराही हाइड्रोपावर लिमिटेडका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको १० करोड १४ लाख ८६ हजार ९ सय ६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमाल दोलखा हाइड्रोपावर, ग्रिन लाइफ हाइड्रोपावर, शिवम् सिमेन्ट र नेपाल रिइन्स्योरेन्स कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा आरबिबि म्युचुअल फण्ड-१ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । आरबिबि म्युचुअलको सेयरमा यस्तो गिरावट आउँदा जानकी फाइनान्स, पिपुल्स हाइड्रोपावर कम्पनी, सेन्ट्रल फाइनान्स र शिव श्री हाइड्रोपावर मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्