काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार झिनो अंकले घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ०.४१ अंकले घटेर २१८३.२१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २५४ कम्पनीको ७७ लाख ६४ हजार १ सय ५३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८६ करोडमाथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा बढी कारोबार समृद्धि फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको ९ करोड ७० लाख ९५ हजार ७ सय ६ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बिहीबारको सेयर बजारमा लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा आदर्श लघुवित्त वित्तिय संस्था, बाराही हाइड्रोपावर, सुर्यज्योति लाइफ इन्स्योरेन्स, साञ्जेन जलबिद्युत कम्पनी र राप्ती हाइड्रोका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार समृद्धि फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको ९ करोड ७० लाख ९५ हजार ७ सय ६ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा रिडी पावर कम्पनी, अङ्खु खोला जल बिद्युत कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स र अपि पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । समृद्धिको सेयरमा यस्तो गिरावट आउँदा सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रिन भेन्चर लिमिटेड, सपोर्ट माइक्रो फाइनान्स वित्तिय संस्था र सानिमा इक्वटि फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्