×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार घट्यो सेयर बजार, ३ अर्ब १ करोडमाथिको कारोबार हुँदा नेप्से २१६८.५३ बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइतबार घट्यो सेयर बजार, ३ अर्ब १ करोडमाथिको कारोबार हुँदा नेप्से २१६८.५३ बिन्दुमा

Artha Sarokar

१५ माघ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक १४.६८ अंकले घटेर २१६८.५३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २६७ कम्पनीको ८२ लाख ७६ हजार ७ सय ५१ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब १ करोडमाथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा बढी कारोबार आइएमई जनरल इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ९ करोड ९९ लाख ४ हजार ३ सय ९२ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी आइतबारको सेयर बजारमा लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा बाराही हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, आदर्श लघुवित्त वित्तीय संस्था, सुर्यज्योति लाइफ इन्स्योरेन्स, सयपत्री हाइड्रोपावर र स्वेत-गंगा हाइड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः  

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार आइएमइ जनरल इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ९ करोड ९९ लाख ४ हजार ३ सय ९२ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन उर्जा विकास कम्पनी, एनआइसी एशिया बैंक, अङखु खोला जल विद्युत कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । समृद्धिको सेयरमा यस्तो गिरावट आउँदा सिभिल लघुवित्त वित्तीय संस्था, सुर्यदय वोमी लघुवित्त, ग्रिन लाइफ हाइड्रोपावर र गणपति लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी