Skip to content
LAXMI SUNRISE BANK

करदाता प्रोत्साहन कार्यक्रमः १६ विजेता घोषणा, ४१५ को सामान किनेका ग्राहकले जिते १० लाख पुरस्कार

अर्थ सरोकार

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत यही कात्तिक १ देखि १५ गतेसम्मका विजेता घोषणा गरेको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा एक जना बम्बर उपहार विजेता र १५ जना विजेता घोषणा गरिएको हो । विभागका अनुसार रु १० लाख पाउने विजेतामा कुपन नम्बर ०९८०४६५५८१७५ छनोटमा परेको छ ।

१० लाख पाउने करतादाता जनकपुरका हुन् । उनले बिग मार्टबाट ४ सय १५ रुपैयाँको सामान किनेका थिए ।

त्यसैगरी, १५ जनाले जनही रु एक लाख ३३ हजार ३३४ प्राप्त गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK