काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ३२.६५ अंकले घटेर २६५७.५० बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३४३ कम्पनीको १ करोड ९८ लाख २२ हजार ३९२ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब १८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार घलेम्दी हाइड्रो लिमिटेडको भएको छ । यस कम्पनीको ३७ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा बेनी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १३ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यता, सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्