काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ४१.०१ अंकले घटेर २१२७.५२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २५६ कम्पनीको ८८ लाख ३६ हजार ४ सय ८८ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ३० करोडमाथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा बढी कारोबार सुर्यज्योति लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको १७ करोड ६५ लाख ४० हजार ८६ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी सोमबारको सेयर बजारमा लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा आदर्श लघुवित्त वित्तीय संस्था, बाराही हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, सुर्यज्योति लाइफ इन्स्योरेन्स, पिपुल्स हाइड्रोपावर र ११ % एनआइसी एशिया डेबेञ्चरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सुर्यज्योति लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको १७ करोड ६५ लाख ४० हजार ८६ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा रिडी पावर कम्पनी, पिपुल्स हाइड्रोपावर कम्पनी, अपर तामाकोशी हाइड्रोपावर र अपि पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा युनाइटेड आइडिआइ मर्दी आरबि हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । युनाइटेड आइडिआइ मर्दीको सेयरमा यस्तो गिरावट आउँदा स्वेत-गंगा हाइड्रोपावर, सगरमाथा इन्स्योरेन्स, सयपत्री हाइड्रोपावर र नारायणी डेभलपमेन्ट बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्