Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य बढ्यो, तोलाको कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २३ सय रुपैयाँले बढेर २ लाख ७४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ७० रुपैयाँले बढेर प्रतितोला ३७२० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० छापावाला सुनको मूल्य दुई लाख ३५ हजार १ सय ७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३१८९.५ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK