काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार पनि सेयर बजार घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १५.७० अंकले घटेर २१११.६८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २५९ कम्पनीको ७५ लाख ५३ हजार २ सय ३५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८२ करोडमाथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको १९ करोड २० लाख ५४ हजार ५ सय ८७ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी मंगलबारको सेयर बजारमा आदर्श लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा बाराही हाइड्रोपावर, लुम्बिनी जनरल इन्स्योरेन्स, इस्टर्न हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र समिट लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको १९ करोड २० लाख ५४ हजार ५ सय ८७ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा लुम्बिनी जनरल इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, एनआइसी एशिया बैंक र सुर्यज्योति लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा प्राइम लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । प्राइमको सेयरमा यस्तो गिरावट आउँदा मनकामना समार्ट लघुवित्त वित्तिय संस्था, गणपति लघुवित्त वित्तिय संस्था, सगरमाथा इन्स्योरेन्स र नेरुडे लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्