×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पहिलो अधिवेशन गरेको दुई साता नबित्दै इमानको भव्य कार्यक्रम, २९ तस्विरमा हेर्नुहोस् भव्य माहोल (फोटो-कथा)

PRIME CA

पहिलो अधिवेशन गरेको दुई साता नबित्दै इमानको भव्य कार्यक्रम, २९ तस्विरमा हेर्नुहोस् भव्य माहोल (फोटो-कथा)

१९ माघ २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान)को आयोजनामा ‘अर्थतन्त्रका चुनौती र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार काठमाडौंको होटल येल्लो प्यागोडामा कार्यक्रम सम्पन्न भएको हो ।

अर्थमन्त्री विष्णु पौडेलले पानसमा बत्ती बालेर शुभारम्भ गरिएको सो कार्यक्रममा बैंकर मनोज ज्ञवालीले कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्रमाथि टिप्पणी गर्दै अर्थविद डा. चन्द्रमणी अधिकारीले विभिन्न कोणबाट मुलुकको अर्थतन्त्र गम्भीर दिशातर्फ उन्मुख भएको बताएका थिए भने बैंकिङ विज्ञ अनलराज भट्टराईले अर्थतन्त्र केही सुधारोन्मुख देखिए पनि संकट अझै कायम रहेको आशय प्रस्तुत गरेका थिए ।

त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक विकासका लागि नीतिगत सुधारको आवश्यकता रहेको बताएका छन् । बर्तमान अवस्थामा नसच्चिए स्थिति सहज नहुने आशय प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले नेपाल राष्ट्र बैंकमाथि हस्तक्षेप नगर्ने तर अर्थतन्त्र सुधारको सवालमा गभर्नरसँग नीतिगत छलफल गर्ने बताएका छन् ।

यता राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाले दुःख दिए राष्ट्र बैंकलाई सूचना दिन आग्रह गरेका छन् । अर्थतन्त्रमा चुनौती देखिएको अवस्थामा अहिले ऋणीलाई कस्ने बेला नभएको बताउँदै गभर्नर अधिकारीले सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।

कार्यक्रममै बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अस्वभाविक स्पिडमा कुदाएर झ्याप्प बे्रक हान्दा दुर्घटनामा परेको अर्थतन्त्रको बस बिस्तारै हिँड्न थालेको बताए । गतल समयमा ल्याइएको चालु पूँजी कर्जा निर्देशिकाले देशको अर्थतन्त्रलाई झनै शिथिल बनाएकोले यसमा थप संशोधन आवश्यक रहेको गोल्छाको भनाई रहेको छ ।

कार्यक्रममा विभिन्न संघसंस्था, निजी क्षेत्र, नियामक, अर्थविद्, बैंकर, बैंकिङ विज्ञ लगायतको भव्य उपस्थिति रहेको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: