×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिंगापुर लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

PRIME CA

सिंगापुर लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

अर्थ सरोकार

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार

काठमाडौं । सिंगापुर लगायतका देशहरूमा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला सोलुखुम्बु साबिक बेनी गाउँ विकास समिति वडा नं. १ परिवर्तित सोलु दुधकुण्ड नगरपालिका वडा नं. ७ स्थाई घर भई हाल काठमाडौं जिल्ला टोखा नगरपालिका बस्ने ३० वर्षीय अनिल श्रेष्ठ पक्राउ परेका हुन् ।

श्रेष्ठले भिमबहादुर राना सहित ७ जना व्यक्तिहरुलाई वैदेशिक रोजगारीको लागी सिङ्गापुर, अफगानिस्तान तथा घाना पठाइदिने र सम्बन्धित देशहरुमा पुगेपछि पानीजहाज लगायतका कम्पनीमा काम लगाइदिने साथै मासिक १ लाख बढी तलब हुन्छ भनी प्रलोभनमा पारी रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

उनले सम्बन्धित देशहरुमा जानका लागी प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्ने भन्दै पिडितहरुबाट पटक पटक गरी ५७ लाख ५० हजार रुपैयाँ ठगी गरी सम्पर्क बिहिन भएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले श्रेष्ठलाई माघ २३ गते काठमाडौंको गोंगभुबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीका लागी वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: