काठमाडौं । अमेरिकी गुप्तचर समुदायले चिनियाँ जासूस बेलुनलाई पिपुल्स लिबरेसन आर्मीद्वारा सञ्चालित बृहत निगरानी कार्यक्रमसँग जोडेको छ ।
चीनको दक्षिणी तटमा रहेको हाइनान प्रान्तबाट केही वर्षदेखि सञ्चालन भएको जासूस बेलुनले जापान, भारत, भियतनाम, ताइवान र फिलिपिन्सलगायतका देशरुको सैन्य सम्पत्तिहरुको जानकारी संकलन गरेको छ’, अमेरिकी अधिकारीले भने, ‘यसले चीनका लागि उदीयमान रणनीतिक चासोका देशहरू र क्षेत्रहरूमा सैन्य गतिविधिको जानकारी लिएको छ । पिएलए वायुसेनाद्वारा संचालित यी निगरानी एयरशिपहरू पाँच महाद्वीपहरूमा देखिएका छन् ।’
‘चिनियाँले अन्य राष्ट्रका सेनाहरुको बुद्धिमता बटुल्न अविश्वसनीय पुरानो प्रविधि प्रयोग गरेको छ ।’- अमेरिकी अधिकारीले भनेका छन् ।
वेन्डी शर्मनले लगभग ४० दूतावासका करिब १५० जनालाई चीनको जासुरी बेलुनको बारेमा ब्रिफिङ गरेका छन् । ‘विभागले हरेक अमेरिकी दूतावासलाई सहयोगी र साझेदारहरूसँग साझा गर्न सकिने जासुसीको बारेमा ‘विस्तृत जानकारी’ पठाएको छ ।’- एक वरिष्ठ प्रशासन अधिकारीले भने ।
अमेरिकी अधिकारीहरूले जापानजस्ता देशहरूका अधिकारीहरूसँग विवरण साझा गर्न थालेका छन् जसको सैन्य सुविधाहरू बेइजिङलाई लक्षित गरिएको थियो । आफुहरुको सहयोगी र साझेदारहरूको तर्फबाट यसमा ठूलो चासो भएको एक वरिष्ठ प्रशासन अधिकारीले बताएका छन् ।