×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विकास बैंकहरुले फागुनमा निक्षेपको ब्याज घटाउने

PRIME CA
GLOBAL IME BANK

विकास बैंकहरुले फागुनमा निक्षेपको ब्याज घटाउने

२७ माघ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । फागुनमा विकास बैंकहरुले निक्षेपको ब्याज घटाउने भएका छन् । शुक्रबार बसेको विकास बैंक एशोशियसनको बैठकले फागुन महिनामा निक्षेपको ब्याजदर ०.२५ प्रतिशतले घटाउने निर्णय गरेको हो ।

योसँगै अब फागुन १ गतेदेखि विकास बैंकहरुले व्यक्तिगततर्फ अधिकतम ११.७५ प्रतिशत ब्याज दिनेछन् भने संस्थागत मुद्धती निक्षेपमा भने ९.७५ प्रतिशत ब्याज दिने भएका छन् ।

त्यस्तै, रेमिट्यान्स खातामा भने १२.७५ प्रतिशत ब्याजदर दिने निर्णय भएको एशोशियसनका एक सदस्यले बताएका छन् ।

तर, वाणिज्य बैंकहरुले भने फागुनमा निक्षेपको ब्याज यथवत् राख्ने निर्णय गरेका छन् । बिहीबार बसेको नेपाल बैंकर्स संघको बैठकले फागुनमा पनि मागकै ब्याजदर कायम राख्ने निर्णय गरेका हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: