काठमाडौं । कृषि विकास बैंकको कार्यवाहक अध्यक्षमा राजेन्द्र प्रसाद मिश्र नियुक्त भएका छन् ।
बैंकका तत्कालीन अध्यक्ष रमेश दुवाडीले राजिनामा दिएसँगै सञ्चालक समितिको बैठकले मिश्रलाई कार्यवाहक अध्यक्षमा नियुक्त गरेको हो ।
शैक्षिक योग्यताबारे प्रश्न उठेपछि कृषि विकास बैंकका तत्कालीन अध्यक्ष दुवाडीले राजिनामा दिएका थिए ।
अध्यक्षको अनुपस्थितिमा एक जना कार्यवाहक बन्न सक्ने व्यवस्थाअनुरुप नै मिश्रलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको एक सञ्चालकले बताएका छन् ।