काठमाडौं । सिरहामा ग्लोबल आइएमई बैंकको रकम लुटिएको छ । बुधबार दिउँसो ३ बजे सिरहामा बैंकका कर्मचारीको साथबाट ९ लाख रुपैयाँ लुटिएको हो ।
बैंकको मिर्चैयास्थित शाखारहित सेवा (ब्रान्चलेस बैंकिंङ) मा जम्मा भएको रकम कल्याणपुरस्थित मनिट्रान्सफर लैजाँदै गरेको अवस्थामा कर्मचारीको साथबाट ९ लाख रुपैयाँ लुटिएको जिल्ला प्रहरी कार्यालय सिराहका प्रहरी उपरिक्षक (एसपी) टेकुनन्द लिम्बुले बताएका छन् ।
एसपी लिम्बुका अनुसार मोटरसाइकलमा रकम लिएर कल्याणपुर जाँदै गर्दा मिर्चैयाको बसहा पुलमा ४ जनाको अज्ञात समूहले रकम लुटेको हो ।
‘ग्लोबल आईमई बैंकको मिर्चैया शाखाबाट रकम झिकेर कल्याणपुरको आइएमई मनि ट्रान्सफरका लागि रकम लैजाँदै गर्दा लुटिएको हो ।’, एसपी लिम्बुले भने, ‘अनुसन्धानलाई हामीले तिव्र गतिमा अघि बढाएका छौँ । शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर पनि सोधपुछ गर्यौं तर घटनाको वास्तविक क्लुसम्म पुगिसकेका छैनौँ ।’