×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली राष्ट्रिय फुटबल टोलीले तयारीलाई तिव्रता दियो, नौ महिनापछि खेलमा फर्किँदा उत्साहित देखिए खेलाडी (भिडियो)

PRIME CA

नेपाली राष्ट्रिय फुटबल टोलीले तयारीलाई तिव्रता दियो, नौ महिनापछि खेलमा फर्किँदा उत्साहित देखिए खेलाडी (भिडियो)

२४ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । आगामी शुक्रबार हुने मैत्रिपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशको ढाकामा तयारीलाई तिव्रता दिएको छ । दुई मैत्रिपूर्ण खेलका लागि गत बिहीबार बंगलादेशको ढाका पुगेको नेपालीले टोलीले केही दिन यता बंगलादेशमा रहेर फुटबलमा फर्किन लागेको हो । करिब नौ महिना पछि फर्किन लागेको फुटबल खेल अन्तर्गत नेपालले शुक्रबार पहिलो खेल खेल्न लागेको हो । त्यसका लागि खेलाडी निकै उत्साहित देखिएका छन् । 
काठमाडौंको एक साता अभ्यास पछि थप एक साता बंगलादेशमा अभ्यास गर्ने योजना सहित नेपालबाट उडेको टोलीले दोस्रो मैत्रिपूर्ण खेल भने तिहारको भोलिपल्ट अर्थात मंसिर २ गते खेल्ने तालिका रहेको छ । खेलमा फर्किँदा उत्साहित भएका खेलाडीले मैत्रिपूर्ण खेलमा सुखद नतिजा ल्याउने लक्ष्यका साथ अभ्यासमा मिहिनेत गरिरहेका हुन । प्रशिक्षक बाल गोपाल महर्जनले पनि खेलाडीमा फिटनेस सुधार हुँदै गएको र बंगलादेशसँगको खेलमा राम्रो नतिजा ल्याउनमा आशावादी रहेको यस अघि बताइसक्नुभएको छ । 
बंगलादेशको ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आइतबार मैदानमा दुई घण्टा प्रशिक्षण गरेको थियो । नेपाली फुटबल टोली कोभिड—१९ संक्रमणको जोखिमका कारण बिहीबारदेखि ढाकामा होटेल क्वारेन्टाइनमा बसेको थियो । क्वारेन्टिनमा रहेको टोलीको पीसीआर रिपोर्ट नेगेटिभ आएसँगै प्रशिक्षणका लागि मैदानका फर्किएको हो । बंगलादेशसँग कात्तिक २८ र मंसिर २ गते बंगबन्धु रंगशालामा हुने मैत्रीपूर्ण खेल नेपाली समयअनुसार दिउँसो ४ः४५ बजे हुने तालिका छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: