×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अष्ट्रेलियाको सिड्नीमा नेपालको अर्थतन्त्र र पुँजी बजार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अष्ट्रेलियाको सिड्नीमा नेपालको अर्थतन्त्र र पुँजी बजार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Artha Sarokar

१५ फाल्गुन २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अष्ट्रेलियाको सिड्नी स्थित पारामाटामा रहेको ईन्टरनेशनल ईन्स्टिचियूट अफ एजुकेसनमा नेपालको अर्थतन्त्र र पुँजी बजार सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा श्रोत व्यक्तिका रुपमा रहेका एनआईबिएल एस क्यापिटल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले नेपाली अर्थतन्त्र र पूँजी बजारको विविध आयाम बारे सहभागीसँग अन्तरक्रिया गरेका थिए ।

अष्ट्रेलियाको एनआरएनएका राष्ट्रिय कोषाध्यक्ष अनिल पोखरेल (सीपीए) को उपस्थितिमा भएको उक्त कार्यक्रमको संयोजन राजु पोखरेल र दीपेन्द्र पन्तले गरेका थिए ।कार्यक्रममा सिड्नी शहरमा बसोबास गर्ने एनआरएनए र सीए/सीपीए समूहका सहभागीहरूको उत्साहनजक प्रतिनिधित्व रहेको थियो ।

उक्त कार्यक्रममा थापाले नेपालको समग्र अर्थतन्त्रको बिबिध परिदृश्यहरुका साथै नेपालको पुँजी बजारमा भइरहेको पछिल्ला गतिविधिहरु तथा सो सम्बन्धमा भएका प्राविधिक सुधार र अन्य गतिविधिहरुका बारेमा समेत जानकारी गराएका थिए । नेपालको पुँजी बजारमा रहेका लगानीका विभिन्न उपकरण मार्फत नेपाली पूँजी बजारमा लगानी गर्दा कसरी लगानी गर्न सकिन्छ र त्यसबाट प्राप्त हुने अवसर र चुनौतीका बारेमा समेत सहभागीहरुलाई जानकारी गराए ।

उक्त कार्यक्रममा कोषाध्यक्ष अनिल पोखरेलले एनआरएनएले लामो समयदेखि पहल गर्दै आएको राजनीतिक बाहेक अन्य अधिकार सहितको नागरिकता र लगानी सहजीकरणका विषयमा तथा लगानी गरे पश्चात लगानी वापतको आम्दानीसँगै लगानी रकम समेत फिर्ता लाने संयन्त्रको बारेमा चासो व्यक्त गरेका थिए ।

कार्यक्रमको अन्त्यमा सहभागीहरुले आफ्नो व्यस्तताका बावजुद सिड्नी सहरमा समेत आएर नेपाली पूँजी बजारको सम्भावना र अवसरका बारेमा प्रकाश पारिदिएका मेख बहादुर थापा प्रति आभार प्रकट गरे ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी