×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार २४.४४ अंकले घट्यो नेप्से परिसूचक, १ अर्ब २८ करोडमाथिको कारोबार हुँदा नेप्से १९९५.४९ बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बुधबार २४.४४ अंकले घट्यो नेप्से परिसूचक, १ अर्ब २८ करोडमाथिको कारोबार हुँदा नेप्से १९९५.४९ बिन्दुमा

Artha Sarokar

१७ फाल्गुन २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५.४९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २५७ कम्पनीको ३७ लाख २९ हजार ९ सय ७६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २८ करोडमाथिको सेयर कारोबार भएको हो । बुधबार सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाइड्रोपावरको भएको छ । यस कम्पनीको ८ करोड ७२ लाख ३७ हजार ८५  रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बुधबारको सेयर बजारमा आदर्श लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा बाराही हाइड्रोपावर, खप्तड लघुवित्त वित्तिय संस्था, मनकामना समार्ट लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक र ८.५ % बिओके डेभेन्चरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाइड्रोपावरको भएको छ । यस कम्पनीको ८ करोड ७२ लाख ३७ हजार ८५  रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, हिमालयन डिष्ट्रिलरी, एनआइसी एशिया बैंक, युनिभर्सल पावर र छिमेक लघुवित्त वित्तिय संस्थाको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा बोटलर्स नेपाल (तराई) लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । बोटलर्स नेपालमा यस्तो गिरावट आउँदा सीवाईसी नेपाल लघुवित्त, उन्नति सहकार्य लघुवित्त वित्तिय संस्था, उपकार लघुवित्त वित्तिय संस्था र एनआइसी एशिया लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी