×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

EXCLUSIVE : राम्रै चलेका सहकारीका कर्मचारीले पनि यसरी चोर्दा रहेछन् बचतकर्ताको पैसा, खास खुलासा (भिडियो)

PRIME CA

EXCLUSIVE : राम्रै चलेका सहकारीका कर्मचारीले पनि यसरी चोर्दा रहेछन् बचतकर्ताको पैसा, खास खुलासा (भिडियो)

अर्थ सरोकार

२१ फाल्गुन २०७९, आईतवार

पढ्न लाग्ने समय: < २ मिनेट

सहकारी । दु:ख परेका बेला ऋण पनि पाइने र भएका बेला राखेको बचतको राम्रो ब्याज पनि आउने भएकाले नै हो, सदस्यहरुले सहकारीमा पैसा राख्ने । तर पछिल्ला दृष्टान्तहरु केहि फरक बनेका छन् । सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न सकेका छैनन्, कति संचालक भागीसके, अनि कति सहकारी लगभग डुब्ने अवस्थामा घिटघिट भएर जेनतेन बाँचिरहेका छन् । त्यसमाथि सहकारीभित्रका अनियमितताका फेहरिस्त लामै छन् । अझ त्यसमाथि पनि अव त सहकारीका कर्मचारीले नै किर्ते हस्ताक्षर गरेर बचतकर्ताको पैसा झ्वाम पारेका घटनाहरु बाहिर आएका छन्, जसले सहकारीको मर्ममात्र बिर्साएको छैन, बरु सहकारीका कर्मचारीहरुले आफ्नो धर्म पनि बिर्सेको प्रमाणित भएको छ ।
सहकारीकि कर्मचारीले किर्ते हस्ताक्षर गरेर बचतकर्ताको पैसा चोरिन् भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । जसको विश्वासमा पैसा सहकारीमा राखिएको छ, उसैबाट धोकाधढी हुन्छ भन्ने कुरा कमैले सोच्ने कुरा हो । तर हिमशिखर नामको सहकारीमा यस्तै भएको छ । हो, कैलालीको धनगढीमा रहेको हिमशिखर बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडमा संस्थाकै कर्मचारीले ग्राहकको रकम चोरी गरेको पाइएको छ । संस्थाकी एक महिला कर्मचारीले धनगढीकी लक्ष्मी कुमारी जेठाराको खातामा रहेको ४५ हजार रुपैयाँ किर्ते गरेर चोरी गरेको पाइएको हो ।
धनगढी निवासी लक्ष्मी कुमारी जेठारा २०७७ पुस २८ गते हिमशिखर बहुउद्धेश्यीय सहकारीसँग जोडिएकि थिइन् ।बैंकको भन्दा राम्रो ब्याज पाइने आशामा उनले सहकारीमा १० लाख रुपैयाँ जम्मा गरेकी थिइन् ।  त्यसयता उनले सोही वर्ष सहकारीमा थप ५ लाख रुपैयाँ पनि जम्मा गरिन् । केहि पैसा राख्दै, निकाल्दै व्यवहार चलाउँदै थिइन् उनी । तर पछिल्लो एक बर्षदेखि सहकारीमा कुनै पनि कारोबार नगरेकी उनी केहि दिन अगाडी मात्र सहकारीमा जाँदा भने उनको खातामा हुनुपर्ने जति पैसा नै थिएन । आफुले दुख गरेर राखेको रकम सहकारीबाट नै गायब भएपछि उनले सहकारीसँग आफ्नो स्टेटमेन्ट मागिन् । तर सहकारीले स्टेटमेन्ट दिएन । दियोस् पनि कसरी, संस्थाले भित्रभित्रै उनको रकम हजम गरिरहेको थियो । लामो रस्साकस्सीपछि सहकारीले स्टेटमेन्ट दियो । र स्टेटमेन्ट हेर्दा थाहा भयो कि ४५ हजार रुपैयाँ निकालिएको रहेछ ।
आफ्नो ४५ हजार रुपैयाँ हराएको खबर गर्दा सहकारीकी कर्मचारीले तपाईंको पैसा नै थिएन भनेर जिद्दी गरिन् । तर स्टेटमेन्ट देखाएपछि ती कर्मचारीले आफुले गल्ती गरेको स्वीकारिन् ।  आफ्नो पोल खुल्ने भएपछि सहकारीकि ती कर्मचारीले कसैले सोध्यो भने पैसा मैले आफैँ निकाले हो भन्न लगाएकी थिईन् । तर सबै कुरा बाहिर ल्याउने चेतावनीपछि पैसा चोरेकी ती कर्मचारीले पुन: उनको खातामा पैसा हालिदिइन् ।
यता हिमशिखर सहकारीका प्रबन्ध निर्देशक महेन्द्र शाहीले पनि सहकारीका कर्मचारीबाट बदमासी भएको स्वीकार गरेका छन् । सहकारीबाट किर्ते गरेर आफ्नी कर्मचारीले ग्राहकको रकम चोरी गरेको थाहा पाएपछि नीज कर्मचारीलाई निलम्बन गरिसकेको भनाई साहीको छ । उनका अनुसार कर्मचारीलाई निलम्बन गरी यस विषयमा छानविन गर्न छानविन समितिसमेत बनिसकेको छ ।  अझ खास कुरा त के छ भने, हिमशिखरमा यस्ता घटना पहिला पनि भईसकेको रहेछ । पहिला पनि यस्ता घटना भएको स्वीकार गर्दै हिमशिखरका प्रबन्धकले अनुशासनभन्दा बाहिर गएर काम गर्ने कर्मचारीलाई यस अघि पनि कारवाही गरिसकेको दाबी गरेका छन् ।
यो त देखिएको घटना भएको,हिमशिखरमा नदेखिएका यस्ता थुप्रै घटना भएका हुन सक्छन् । त्यसैले तपाइ पनि यो र यस्ता सहकारीका बचतकर्ता हुनुहुन्छ भने ख्याल गर्नुहोला । पछिल्लो समय धेरै सहकारीहरु विश्वासलायक छैनन्  भन्ने तथ्यबारे अव धेरै बोलिरहनु पर्दैन । यसो भन्दैमा फेरि सबै सहकारी खत्तमै छन् भन्ने पनि होइन । तर बचतकर्ताले सहकारीमा बचत गर्दा पनि होसियारी अपनाउनैपर्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: