काठमाडौं । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १४.४१ अंकले बढेर १९५२.६६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २६१ कम्पनीको ४० लाख ५९ हजार १ सय ४९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोडमाथिको सेयर कारोबार भएको हो । मंगलबार सबैभन्दा बढी कारोबार साल्ट ट्रेडिङ कर्पोरेशनको भएको छ । यस कम्पनीको १२ करोड ७ लाख ८५ हजार ५ सय ३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी मंगलबारको सेयर बजारमा शुभम् पावर लिमिटेडमा लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस अलावा सुपर मादी हाइड्रोपावर, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२, इमेर्जिंग नेपाल लिमिटेड, स्वाभिमान लघुवित्त वित्तिय संस्था र बिशाल बजार कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार साल्ट ट्रेडिङ कर्पोरेशनको भएको छ । यस कम्पनीको १२ करोड ७ लाख ८५ हजार ५ सय ३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिष्ट्रिलरी, छिमेक लघुवित्त वित्तिय संस्था, शिवम् सिमेन्ट, एनआइसी एशिया बैंक र नबिल बैंक लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा सीवाईसी नेपाल लघुवित्त वित्तियका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । सीवाईसी नेपाल लघुवित्तमा यस्तो गिरावट आउँदा नबिल इक्विटी फण्ड, समिट लघुवित्त वित्तिय संस्था, कुमारी धनाब्रिद्धि योजना र समलिंग पावर कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्