काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चितवनको भरतपुर महानगरपालिका वडा नं १४, शिवनगरमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादबको अध्यक्षता र चितवन क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य हरि ढकालको प्रमुख आतित्थ्यतामा वित्तिय साक्षरता तथा समुह प्रमुख गोष्ठि कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा शिवनगर बजार व्यवस्थापन समितिका अध्यक्ष बिनोद घिमिरे, शिव पाञ्चांङ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्धि प्रसाद चापागाई, स्थानिय समाजसेवी तथा राजनितिकर्मि हरिकृष्ण गुरुङ, समुह नं.१६ कि सदस्य गंगा देबि कंडेलले मन्तब्य राखेका थिए । कार्यक्रममा संस्थामा आवद्द उत्कृष्ठ समुहहरूलाइ पुरस्कार समेत वितरण गरिएको थियो भने संस्थामा आवद्द भइ लघुउद्धम व्यवसाय गरी सफलता हासिल गर्ने सदस्यलाइ समेत कदरपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा समुह सदस्यबाट राखिएका सल्लाह,सुझाव,जिज्ञासाको सम्वोधन संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादबले गरेका थिए । त्यस्तै, प्रमुख अतिथि तथा चितवन क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य माननिय हरि ढकालले पछिल्लो समय देशको दुरदराजमा समेत वित्तिय सेवा पुर्याउँदै त्यहाँका स्थानियलाइ वित्तिय रूपमा साक्षर गराउन लघुवित्तको भुमिका अहंम् रहेकोले सो कार्यको प्रशंसा गर्दै,संस्थाले कर्जा असुलिको क्रममा मानविय व्यवहार देखाउँदै सेवा प्रवाह गर्ने साथै सदस्यहरूले पनि लिएको कर्जा सहि सदुपयोग गरी आर्थिक स्थिति सुधार गर्न सुझाव प्रदान गरेका थिए ।
हाल नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले देशका ६४ जिल्लामा १०१ शाखा कार्यालय मार्फत करिव १ लाख ५० हजार घरपरिवारमा लघुवित्तिय सेवा पुर्याएको संस्थाका अनुगमन अधिकृत उन्नती बांस्तोलाले बताएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्