×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार २६.८० अंकले घट्यो नेप्से परिसूचक, १ अर्ब ६६ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आइतबार २६.८० अंकले घट्यो नेप्से परिसूचक, १ अर्ब ६६ करोडमाथिको कारोबार

Artha Sarokar

२८ फाल्गुन २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक २६.८० अंकले घटेर १९७५.८९ बिन्दुमा पुगेको हो । आइतबार कुल २६० कम्पनीको ४७ लाख ७२ हजार १ सय ४० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६६ करोडमाथिको सेयर कारोबार भएको हो । आइतबार सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ८ करोड २१ लाख ५८ हजार ९ सय ४३ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यस्तै आइतबारको सेयर बजारमा शुभम् पावर लिमिटेडमा लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । यस अलावा नबिल डेबेञ्चर २०८५, युनिक नेपाल लघुवित्त वित्तिय संस्था, नादेप लघुवित्त वित्तिय संस्था, गरिमा डेबेञ्चर २०८५ र ११% एनआइसी एशिया डेबेञ्चर ०८२/८३ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ८ करोड २१ लाख ५८ हजार ९ सय ४३ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिष्ट्रिलरी, लुम्बिनी जेनेरल इन्स्योरेन्स, नेपाल इन्फ्राइस्ट्रकचर बैंक, ङ्गादि ग्रुप पावर र अरुण काबेली पावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी आइतबारको सेयर बजारमा १२% गुडविल फाइनान्स लिमिटेड डेबेञ्चर २०८३ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । १२% गुडविल फाइनान्समा यस्तो गिरावट आउँदा हिमालयन बैंक लिमिटेड, नेपाल इन्स्योरेन्स, खप्तड लघुवित्त वित्तिय संस्था र आदर्श लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी