×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘तत्काल सरकारमा जाने कुनै तयारी छैन’- रवि लामिछाने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘तत्काल सरकारमा जाने कुनै तयारी छैन’- रवि लामिछाने

Artha Sarokar

२९ फाल्गुन २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन् । सोमबार पत्रकारसँग कुराकानी गर्दै रविले तत्कालै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने तयारीमा नरहेको बताएका हुन् ।

अहिले परिस्थितिको मूल्याङ्कन गर्ने काम भइरहेको भए पनि सरकारमा जाने तयारी नरहेको रविले बताए । ‘सरकारमा जाने तयारी भन्ने होइन । परिस्थितिलाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।’ उनले भने- ‘सत्ता समीकरण परिवर्तन भए पछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुनेछौँ । तर, अहिले सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भएको छैन ।’

रास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक घटनाक्रम नियाल्दै गरेको रविको भनाई छ । आफ्नो दलको राजनीतिक अभ्यास सुरुआती चरणमा रहेको बताउँदै रविले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा अब के गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल हुने बताएका छन् ।

त्यस्तै, आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी सुरु गरेको समेत उनले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी