×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘छक्कापञ्जा ४’को सहकारीसम्बन्धि डायलगविरुद्ध राष्ट्रिय सहकारी महासंघको चलचित्र विकास बोर्डमा निवेदन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘छक्कापञ्जा ४’को सहकारीसम्बन्धि डायलगविरुद्ध राष्ट्रिय सहकारी महासंघको चलचित्र विकास बोर्डमा निवेदन

Artha Sarokar

२९ फाल्गुन २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सहकारीबारे विवादित डायलग  हटाउन माग गर्दै राष्ट्रिय सहकारी महासंघले चलचित्र बिकास बोर्डमा निवेदन दर्ता गराएको छ । सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले हस्ताक्षर गरेको पत्रमा सो चलचित्रमा सहकारीसम्बन्धि लाञ्छनायुक्त एवं नारी अस्मितामा खलल पुग्ने संवाद रहेकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ भने सो संवादको घोर भर्त्सना गर्दै भ्रम सिर्जना हुने उक्त संवाद तत्काल हटाउन मागसमेत गरेको छ ।

यस्तो छ सम्बाद :
‘छक्कापञ्जा ४’मा राजा पात्रले बोल्ने एउटा संवाद छ
– श्रीमती भनेको बैंकको लोन हो । मेन्टेन गरेन भने घरबार लिलाम हुन्छ ।
महिला पात्र भन्छिन् – अनि म के नि ?
राजाको जवाफ हुन्छ – सहकारी । भाग्न पनिसक्छ ।
यो संवाद टिकटकमा समेत भाईरल भएपछि फिल्म विवादमा तानिएको थियो । केहि दिन यता यहि संवादलाई लिएर सहकारीकर्मी समेत रहेका मधुसूदन पाठक ‘सिते बा’ले पनि आपत्ति जनाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी