काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ५.३२ अंकले घटेर १९३३.३१ बिन्दुमा पुगेको हो । बिहिबार नेप्सेमा कुल २५८ कम्पनीको ३४ लाख २ हजार २ सय ६७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १४ करोडमाथिको सेयर कारोबार भएको छ । बिहिबार सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ४ करोड ९४ लाख ९२ हजार ६ सय १९ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै बिहीबारको सेयर बजारमा युनिक नेपाल लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस अलावा शुभम् पावर लिमिटेड, लिबर्टी इनर्जी कम्पनी, किसान लघुवित्त वित्तिय संस्था, विन नेपाल लघुवित्त वित्तिय संस्था र मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ४ करोड ९४ लाख ९२ हजार ६ सय १९ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, हिमालयन डिष्ट्रिलरी, नेपाल लाइफ इन्स्योरेन्स, सिद्धार्थ बैंक लिमिटेड प्रमोटर सेयर र सानिमा माई हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बिहीबारको सेयर बजारमा लक्ष्मी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । लक्ष्मी लघुवित्तमा यस्तो गिरावट आउँदा नयाँ सारथी लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स, ग्रिन डेभलपमेन्ट बैंक र सानिमा ग्रोथ फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्