
जलेश्वर । भारतको विहार राज्यमा भएको विधानसभा निर्वाचनलाई दृष्टिगत गर्दै बन्द गरिएको महोत्तरीका सीमानाकाहरु आज बिहानदेखि पुनः सञ्चालनमा आएका छन् । कोरोनाभाइरसलाई दृष्टिगत गर्दै मुख्य प्रवेशद्वारहरु बन्द गरिए पनि अन्य स्थानबाट आवतजावत पुनः सञ्चालन रहेकामा विहारमा भएको विभिन्न चरणको चुनावमा पटकपटक सामान्य आवतजावत पनि बन्द गरिएको थियो ।
पछिल्लोपटक शनिबार सम्पन्न अन्तिम चरणको चुनावको बेला महोत्तरीको करीब ३९ किलोमिटरको सीमानाका पूर्ण रुपेन बन्द गरिएकामा नेपाल भारत आवतजावत शुरु भएको हो । खुल्ला सीमानाका कारण वन तथा अन्य स्थानमा समेत भारतीय सुरक्षाकर्मीले कडा निगरानी बढाएपछि ठप्प रहेको आवतजावत शनिबार सम्पन्न अन्तिम चरणको चुनावपश्चात् पुनः सञ्चालन भएको हो । रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्