काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको साधारण सेयरको सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ ।
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको प्रति सेयर अंकित मूल्य १ सयका दरले २५ लाख ८० हजार कित्ता साधारण सेयर प्रचलीत कानून बमोजिम सार्वजनिक निष्काशन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको हो ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालय हात्तिसार, काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारी र बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट अध्यक्ष राम चन्द्र शर्माले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।