×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकद्वारा आफ्नै पेमेन्ट स्वीच सञ्चालन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईसी एशिया बैंकद्वारा आफ्नै पेमेन्ट स्वीच सञ्चालन

Artha Sarokar

१६ चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको छ । बैंकले हालै मात्र उक्त पूर्वाधारको सफलतापूर्वक कार्यान्वयन गरी बैंकको भुक्तानी प्रणालीमा आबद्ध गरेको जानकारी दिएको छ ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप आधुनिक प्रविधिहरु आत्मसात गर्दै बैंकले पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिर नाथ पाण्डेले बताएका छन् ।

डिजिटल कारोबारमा आम ग्राहक महानुभावहरुको उल्लेख्य उपस्थिति भइरहेको तथा उक्त संख्यामा उत्साहजनक वृद्धि हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै बैंकले कार्डबाट हुने कारोबारलाई थप विश्वसनीय एवं सहज बनाउनका निमित्त आफ्नै पूर्वाधार खडा गरेको उनको भनाइ छ ।

यस स्वीचको मद्दतले बैंकका पीओएस तथा एटीएम टर्मिनलहरुमार्फत गरिने कारोबारलाई अन्तरआबद्धता स्थापित गरी कारोबारलाई सुरक्षित र सरल समेत बनाउन ठोस टेवा मिल्ने जनाइएको छ । ‘डिजिटल फस्ट बैंक बन्ने दीर्घकालीन रणनीति अनुरुप आधुनिक प्रविधिहरु आत्मसात गर्दै बैंकले सञ्चालनमा ल्याएको यस स्वीचको उच्चतम सदुपयोग गरी आम ग्राहक माझ नवीनतम प्रविधिमा आधारित विभिन्न डिजिटल प्रोडक्ट तथा सेवाहरु पुर्याउन मद्दत पुग्ने हुँदा उनीहरुको दैनिक बैंकिङ अनुभवलाई नै अझ परिस्कृत बनाउनको निमित्त उक्त स्वीच कोषेढुंगा सावित हुन्छ’, बैंकको भनाइ छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी