×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्षद्वारा शपथ ग्रहण

PRIME CA
GLOBAL IME BANK

सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्षद्वारा शपथ ग्रहण

२७ चैत्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भएका अध्यक्ष उज्ज्वल सत्यालले आइतबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर नीलम ढुङ्गना तिम्सिना समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालद्वारा अन्य संचालकहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरे पश्चात नवनिर्वाचित सञ्चालक समितिले आफ्नो कार्य प्रारम्भ गर्ने बैंकले जनाएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको दाबी गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: