काठमाडौं । ब्रैक तथा वित्तीय संस्थाबाट लिएको ५० लाखसम्मको कुनै पनि कर्जा तोकिएको समयभन्दा अगावै चुक्ता गर्दा अग्रिम भुक्तानी शुल्क नलाग्ने भएको छ । मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले ५० लाख रुपैयाँसम्मको कुनै पनि कर्जामा अग्रिम भुक्तानी आएमा शुल्क लिन नपाउने जनाएको हो ।
यस्ता कर्जा अग्रिम भुक्तानीमा बैंक तथा वित्तीय संस्थाले कुनै शुल्क लिएमा वा लिने जानकारी दिएमा गुनासो दर्ता गर्न नेपाल राष्ट्र बैंकअन्तर्गत वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले आग्रह गरेको छ ।
सुरूमा बैंककै गुनासो शाखामा गुनासो राख्न र सुनुवाइ नभएमा नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गराउनसमेत नेपाल राष्ट्र बैंकले आग्रह गरेको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्