Skip to content
LAXMI SUNRISE BANK

एनएमबि बैंकको १०औं हेरिटेज वाक कार्यक्रम सम्पन्न, सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्य

अर्थ सरोकार

काठमाडौं । एनएमबि बैंकले १०औं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले बैशाख २ गते शनिवारको दिन एनएमबि भवन, एनएमबि बैंक, बबरमहलबाट शुरु भई पाटन दरबार स्क्वायरसम्म पुगि उक्त हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको हो । समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त गरिमामय समारोहको आयोजना गरिएको बैंकले जनाएको छ ।

एनएमबि बैंक लिमिटेडले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा पाटन संग्रहालयमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरु, ललितपुर उद्योग वाणिज्य संघका सदस्यहरु, नेपाल हस्तकला महासंघका सदस्यहरु, रोटेरी क्लब अफ पाटन हेरिटेजका सदस्यहरु तथा सर्वसाधारणहरु गरी लगभग ६०० जनाको सहभागितामा एनएमबि भवन, बबरमहल, काठमाडौं देखी प्ले कार्डसहित पाटन संग्रहालयमासम्म पुगी हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रमको प्रमुख अतिथिका रुपमा ललितपुर महनगरपालिकाका मेयर चिरिबाबु महर्जनको उपस्थिति थियो ।

उक्त कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाइ रु ४९०,००० को सहयोगका साथैेपाटन संग्रहालयलाई डस्टविनहरु समेत हस्तान्तरण गरेको छ । सोही प्रकारको कार्यक्रम प्रदेश १, २, ४, ५, ६ र ७ मा समेत गरिएको  छ । बैंकले प्रदेश १ मा ब्रम्हनन्द पुल देखी बाराहक्षेत्र मन्दिर सम्म, मधेष प्रदेशमा लाहान शाखा देखी दुर्गा मन्दिर, गण्डकी प्रदेशमा चिप्लेढुङ्गा शाखा देखी केधारेश्वर मन्दिर, लुम्बिनी प्रदे्रशमा ट्राफिक चोक शाखा देखी कालिका मन्दिरसम्म र कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा सुर्खेत शाखादेखी काक्रेबिहार मन्दिर, धनगढी शाखादेखी शिवपुरी धाम मन्दिर र महेन्द्रनगर शाखादेखी सिद्धनाथ मन्दिर सम्म हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले स्वागत मन्तव्य दिनु भएको थिया । नेपाल हेरिटेज सोसाईटीकी अध्यक्ष अम्बिका श्रेष्ठ, उक्त सोसाइटीकै सदस्य धर्म शाक्य र ललितपुर महनगरपालिकाका मेयर चिरिबाबु महर्जनले सम्पदा संरक्षणको महत्वकोबारे प्रकाश पार्दै वक्तव्य दिएका थिए भने एनएमबि बैंकका सञ्चालक समितिका सदस्य उत्तम भ्लोनले धन्यवाद व्यक्त गरेका थिए । बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटीएमहरू, १२ एक्सटेन्सन काउन्टरहरू काउन्टरहरूमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK