काठमाठौं । महालक्ष्मी विकास बैंकले विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ । बैंकको विभिन्न शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय, टोल सुधार समिति र मन्दिरलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका हुन् ।
बैंकको बानेश्वर शाखले काठमाडौं महानगरपालिका वडा नं ३२, सुविधानगरमा अवस्थित तिनकुने टोल सुधार समितिलाई ५० थान डस्टविन हस्तान्तरण गरेको छ । काठमाडौं महानगरपालिका वडा नं ३२ भित्रको फोहोर व्यवस्थापन गरी सफा तथा सुन्दर काठमाडौं बनाउन मद्दत पर्याउने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो । बानेश्वर शाखाका प्रमुख विकास रावलले तिनकुने टोल सुधार समितिका अध्यक्ष विश्वराज कार्कीलाई उक्त बराबरको सामाग्री हस्तान्तरण गरेका हुन् ।
त्यसैगरि बैंकको वीरगंज शाखाले अलखिया मठ संचालक समितिलाई खानेपानीको ट्याङ्की तथा डस्टविन हस्तान्तरण गरेको छ । अलखिया मठमा दर्शन गर्न आउने दर्शनार्थी तथा भक्तजनहरुका लागि खानेपानीको आवश्यकता परिपुर्ति गर्ने हेतुले बैंकले समितिलाई उक्त सहयोग गरेको हो । वीरगंज शाखाका प्रमुख पुरुषोत्तम अधिकारीले अलखिया मठ संचालक समितिका अध्यक्ष सुपेन्द्र बहादुर श्रेष्ठलाई सामाग्री हस्तान्तरण गरेका हुन् ।

उल्लेखित कार्यक्रम सँगसगै बैकको बिचबजार-धादिङ्ग शाखाले निलकण्ठ नगरपालिका वडा नं ७ मा अवस्थित कर्णेश्वर माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्री हस्तान्तरण गरेको छ । विद्यालयमा अध्ययनरत गरीब, तथा न्यून आयस्रोत भएका परिवारका बालबालिकाहरु मध्येबाट गरीब तथा जेहेन्दार पाँच जना विद्यार्थीहरुलाई शैक्षिक आवश्यकता पुरा गर्न सहजता मिलोस भन्ने उद्देश्यले बैंकले उक्त छात्रवृत्री प्रदान गरेको हो । बिचबजार-धादिङ्ग शाखाका प्रमुख खिल प्रसाद सिलवालले विद्यालयका प्रधानाध्यापक विष्णुहरी अधिकारीलाई छात्रवृत्री बराबरको रकमको चेक हस्तान्तरण गरेका हुन् । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।













