काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र ल्याण्डमार्क होटेलस् एण्ड रिसोर्टबीच सम्झौता भएको छ । बैंक रिर्सोटबीच छुट प्रदान गर्ने सम्बन्धि सम्झौता भएको हो । बैंकका ग्राहकहरुले भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई रिसोर्टको विभिन्न सेवाहरुमा विशेष १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले ‘ल्याण्डमार्क होटेलस् एण्ड रिसोर्ट प्रा. लि’ अन्तर्गतका विभिन्न स्थानहरुमा (काठमाडौं, पोखरा, चितवन) रहेका आफ्नो होटेलहरुमा ऐकोमोडेसन, फुड एण्ड बेभरेजमा विशेष १०% छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना अन्तर्गत रु २ करोड सम्मको कृषी कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण/खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जाहरु सम्पुर्ण आवश्यक कागजातहरु पुरा गरेको ३ कार्य दिन भित्र सर्वशुलव व्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने सुविधा ल्याएको छ र इच्छुक ग्राहकहरुले मोबाईल नम्बर ९८०१११००२३ मा मिस्ड कल गर्न वा बैंकको वेवसाईटमा गई अनलाईनमार्फत कर्जा आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्