Skip to content
LAXMI SUNRISE BANK

यस्तो छ शुक्रबार विदेशी मुद्रा विनिमय दर 

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६५ पैसा र बिक्री दर १३१ रुपैयाँ २५ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ३४ पैसा र बिक्री दर १४५ रुपैयाँ ०१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९९ पैसा र बिक्री दर १६३ रुपैयाँ ७३ पैसा रहेको छ । हिजोको तुलनामा आज युरोको बिक्रीदर एक रुपैयाँले बढ्दा बेलायती पाउण्डको पनि खरिद दरमा एक रुपैयाँले बढेको छ ।

त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८३ पैसा र बिक्री दर ३५ रुपैयाँ ९९ पैसा तथा साउदी अरबियन रियाल ३४ रुपैयाँ ८३ पैसा र बिक्री दर ३४ रुपैयाँ, ९९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK