×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माई खोला हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँड हुँदै, १२ लाख भन्दा बढीले दिए आवेदन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माई खोला हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँड हुँदै, १२ लाख भन्दा बढीले दिए आवेदन

Artha Sarokar

१८ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । माई खोला हाइड्रोपावरको आइपीओ मंगलबार (वैशाख १९ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार मंगलबार बिहान ९ः३० बजे आफ्नै कार्यालय, कमलादी काठमाडौंमा आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।

यसमा १३ लाख ३१ हजार २३८ जनाले कुल १ करोड ४८ लाख ७ हजार ७५० कित्ताको लागि आवेदन दिएका छन् । जसमा १ लाख २६ हजार ९४१ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १२ लाख ४ हजार २९७ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् । यो सर्वसाधारणको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ११.६६ गुणा बढी आवेदन हो । 

यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । कम्पनीले वैशाख ८ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले १२ लाख ६९ हजार ४११ कित्ता सेयर बिक्री खुला गरेको हो । 

कम्पनीले कुल १५ लाख २९ हजार ४११ कित्ता सेयरमध्ये ७६ हजार ४७१ कित्ता म्युचुअल फन्ड र ३० हजार ५८८ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गरेको थियो । 

यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । यस आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘एनपी डबल बी प्लस रेटिङ’ प्रदान गरेको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी