काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, अदुवा १५० रुपैयाँ, रातो आलु २८ रुपैयाँ, सेतो आलु २२ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २०० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, लोकल घिउ सिमी ७० रुपैयाँ, चमसूरको साग १२० रुपैयाँ, कन्यच्याउ १६० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँमा किनबेच भइरहेको छ समितिले जनाएको छ ।
यस्तै तितो करेला ५० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, भारतीय सुकेको प्याज ३४ रुपैयाँ, हरियो प्याज ९० रुपैयाँ, पुदिना २५० रुपैयाँ, लोकलबन्दा २० रुपैयाँ कायम गरिएको छ भने ब्रोकाउली १०० रुपैयाँ, भान्टा लाम्चो ७० रुपैयाँ, भिण्डी ११० रुपैयाँ केजी र हरियो धनियाँ १२० रुपैयाँमा पाइने छ ।
कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, भारतीय सुन्तला १४० रुपैयाँ, अनार २५० रुपैयाँर आभोकाडो ५०० रुपैयाँ, अमला १०० रुपैयाँ, किवि ४०० रुपैयाँ रहेको छ ।