काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुबास चन्द्र नेम्वाङको जग्गा धितोमा राखेर उनका भाईले बैंकको करोडौं ऋण नतिरेको खुलासा भएको छ । २०७३ सालमा नेम्वाङको नाममा रहेको इलाम नगरपालिका–२ स्थित कित्ता नम्बर २४६ को जग्गा धितोमा राखेर ललितपुरको बाँडेगाउँमा अवस्थित पाम फुड्स एण्ड बेभरेज टेक्नोलोजी प्रा.लिको नाममा एक करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । कुल ३ करोड २० लाख रुपैयाँ भ्यालुएसन गरेर नेम्वाङका भाईबुहारी देव कुमारी लिम्बु र कम्पनीका साझेदार रुद्रप्रसाद गिरीका नाममा लिईएको ऋण अहिले नउठेपछि नेपाल बैंकले हैरानी भोग्नुपरिरहेको छ ।
नेम्वाङ्गको जग्गा राखेर २०७३ साल चैत २५ गते डेढ करोड रुपैयाँ ऋण लिएका ऋणीहरुले २०७५ जेठ २ गतेसम्म किस्ता बुझाएका छन् । त्यसपछि हालसम्म किस्ता बुझाएको देखिंदैन । लामो समयसम्म किस्ता नआएपछि बैंकले पत्र काटेर ऋणी र मजानीकर्तालाई कालोसूचीमा राख्ने तयारी गरेको थियो । तर सो ऋणमा सुबास चन्द्र नेम्वाङको जग्गा धितोमा रहेकाले उनकै दबाबमा नेपाल बैंकले ऋणी तथा जमानीकर्ताहरुलाई कालोसूचीमा राख्न सकेको छैन ।
अर्थ सरोकारलाई प्राप्त विवरणअनुसार नेपाल बैंकले ऋणीहरुलाई २०७७ साल असोज ११ गतेसम्म ३ पटक र जमानीकर्तालाई एक पटक ऋण तिर्न ताकेता गरेको देखिन्छ । ऋण दिने बेलामा जग्गाको भ्यालुएसन गर्न नेपाल बैंकको टोली इलाममै पुगेको थियो । सुबास चन्द्र नेम्वाङको जग्गा भएकाले बैंकले सहजै ऋण दिएको भए पनि अहिले सावाँ र ब्याज दुवै नउठेपछि बैंकले कर्जा विभागलाई सो ऋणका विषयमा फलोअप गर्न भनेको छ । तर जसो गर्दा पनि सजिलै सो ऋण उठ्न सक्ने स्थितिमा नरहेको नेपाल बैंकका अधिकारीहरुको दाबी छ ।
बैंकका प्रवक्ता प्रकाश कुमार अधिकारीका अनुसार जग्गा धितो राखेर लिइएको कर्जामध्ये सावाँतर्फ एक करोड ५० लाख र ब्याज करिब ८० लाख रुपैयाँ उठ्न बाँकी छ । गत आर्थिक बर्षमा करिब ३२ लाख रुपैयाँ मात्र बुझाएका ऋणीहरुको कम्पनीमै पुगेर समेत बैंकले त्यहाँको बस्तुस्थितिबारे अनुगमन गरेको थियो । वाइन बनाउने कम्पनीलाई भनेर लिएको ऋण नउठेपछि गरिएको अनुगमनका क्रममा कम्पनीमा वाइन नभएको बरु वाइन बनाउने कच्चा पद्धार्थमात्र रहेको पाइएपछि बैंक झनै शशंकित बनेको थियो । नेम्वाङ र उनकी बुहारी लिम्बु बैंकसँग सम्पर्कैमै भए पनि कम्पनीका पार्टनर भने बैंकको सम्पर्कमा नरहेको बैंकको दाबी छ ।
यता एमाले उपाध्यक्ष नेम्वाङले भने जग्गा आफ्नो नामको भए पनि भाइ सुरेशले आफ्नो व्यवहार नामिलाउंदा आफ्नो नाम मुछिएकोसमेत दाबी गर्दै आएका छन् । उनले भाईलाई जसरी पनि ऋण तिर्न भनेको र यसमा आफुलाई नमुछ्न आग्रह गर्दै आएका छन् । तर उनका भाईले ऋण नतिरेको खण्डमा प्रक्रियामा जाने हो भने उनकै जग्गा लिलाम हुन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्