×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र उत्थान लघुवित्तको सेयर कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टिकरण

PRIME CA

राष्ट्र उत्थान लघुवित्तको सेयर कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टिकरण

१९ बैशाख २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ । धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना ढिलोगरी दिएको भन्दै नेप्सेले लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो ।

लघुवित्तले बैशाख १३ गते नै गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । तर, लाभांश वितरणसम्बन्धी सूचना लघुवित्तले १९ गते मात्र कारोबार समयमा दिएको थियो । सोही कारण लघुवित्तको सेयर कारोबार रोक्का गरेको नेप्सेले जनाएको छ ।

त्यस्तै, लघुवित्तको सेयर कारोबार रोक्का गर्दै नेप्सेले ३ दिनभित्रमा स्पष्टिकरण पेश गर्न समेत निर्देशन दिएको छ । ‘कम्पनीको धितोपत्र स्थगत गरिएको साथै यो पत्र प्राप्त भएको मितिले तीन कार्यदिन भित्र के कति कारणबाट समयमा नै जानकारी दिन नसकेको हो ? सो सम्बन्धमा स्पष्टिकरण पेश गर्न निर्णायनुसार अनुरोध छ ।’- नेप्सेको सूचनामा उल्लेख गरिएको छ ।

लघुवित्तले प्रस्ताव गरेको लाभांश भने नेपाल राष्ट्र बैंकको स्वकृति र संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: