×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान, आर्थिक वृद्धि १.८६ प्रतिशतमा सीमित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान, आर्थिक वृद्धि १.८६ प्रतिशतमा सीमित

Artha Sarokar

१९ बैशाख २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको २०७९/८० को राष्ट्रिय लेखा विवरणअनुसार अर्थतन्त्रको आकार झण्डै ५४ खर्ब पुग्ने भएको हो ।

तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० मामुलुकको आर्थिक वृद्धिदर २ दशमलव१६ प्रतिशत मात्र कायम हुने अनुमान गरेको छ । सरकारले चालु आर्थिक वर्षका बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो । तर, मंगलबार तथ्यांक कार्यालयले आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो । उपभोक्ता मूल्यमा १ दशमलव ८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालको अनुमान छ ।

कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुखमा सचिव रामप्रसाद थपलियाले आगामी दिनमा अन्तराष्ट्रिय मूल्यमान्यतालाई आत्मसाथ गरेर अगाडि वढनु पर्नेमा जोड दिए ।

उनले भने,– ‘नेपाल सरकारलाई उपलव्ध आँकडा अनुसार वजेट तर्जुमा गर्नको लागि र समग्र आर्थिक क्रियाकलाप सञ्चालन गर्न मितव्ययिता र खर्चमा पनि बढोत्तरी गर्न आवश्यक छ ।’

यस्तै तथ्यांक कार्यालयको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ हजार ३ सय ९९ अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ १ लाख ८२ हजार ६ सय ८३ रुपैयाँ बराबर पुगेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी