काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले मंगलबार साँझ फेसबुकमा सबै नेता चोर हुन् भन्दै पोष्ट गरे । बालेलने फेसबुकमा स्टाटस पोष्ट गर्दै भनेका छन्– ‘नयाँ, पुराना सबै नेता चोर हुन्, कसैलाई देशको माया छैन ।’
उनले फेसबुकमार्फत सबै नेतालाई चोर भनेको सो पोष्टमा हजारौँले प्रतिक्रिया दिएका छन् ।
सोहीबीच बालेनेको उक्त टिप्पणीमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद हरि ढकालले प्रश्न गरेका छन् । बालेनको उक्त पोष्टमा कमेन्ट गर्दै सांसद ढकालले भनेका छन्– ‘बालेन तपाई पनि नयाँ हो, म पनि नयाँ हुँ, के हामी दुवै चोर हौँ त ?’